बेलायतबाट फर्किएका ५ जनामा कोरोना पुष्टि
काठमाडौं: बेलायतबाट आएका ५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ।
यद्यपि नयाँ प्रकारको कोरोना भाइरस हो वा होइन भन्ने यकिन भइनसकेको अधिकारीहरूले बताएका छन्।
पीसीआर परीक्षण गराएका १२ जनामध्ये पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए।
बेलायतमा कोरोनाको नयाँ प्रजाति (भेरियन्ट)को संक्रमण बढ्न थालेपछि नेपाल प्रवेश गर्न रोक लगाएको छ। प्रतिबन्ध लगाउनुअघि नेपाल आएकाहरुलाइृ पनि सरकारले १० दिन अनिवार्य क्वारेन्टिमा बस्न आग्रह गरेको थियो।