सुदूर नेपाललाई विश्वसँग जोड्दै

संसद् विघटनको विरोधमा कांग्रेस बैतडीको प्रदर्शन

२०७७ पुष १३, ०५:१४ खबर संवाददाता

बैतडी: प्रतिनिधी सभा विघटनको विरोधमा बैतडीको पाटनमा नेपाली कांग्रेसले प्रदर्शन गरेको छ।

केन्द्रिय कार्यक्रम अनुसार संसद् विघटनको विरोधमा सोमबार पाटनमा विरोध र्‍यालीसहित कोण सभा सम्पन्न गरेको नेपाली कांग्रेस बैतडीका सचिव बीरबहादुर बिष्टले बताए। 

प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर असंवैधानिक कदम चालेकाले त्यसको विरोधमा प्रदर्शन गरिएको उनले बताए। ‘अहिले जुन सरकारले कदम चालेको छ। त्यो लोकतन्त्र विरोधी छ। लोकतन्त्रलाई समाप्त पारी तानाशाह ल्याउनका लागि चालिएको कदमप्रति नेपाली कांग्रेसको विरोध हो’ उनले भने। 

पाटन एयरपोर्टबाट सुरु भएको र्‍याली खुलामञ्चमा कोणसभामा परिणत भएको थियो।

सभालाई नेपाली कांग्रेस बैतडीका नेता एवं पूर्व वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द, पूर्व पार्टी सभापति शिवराज भट्ट, महासमिति सदस्य हरिमोहन भण्डारी, उत्तरबहादुर ऐर, प्रतापसिंह ठगुन्ना, जिल्ला सचिव बीरबहादुर बिष्ट लगायतले सम्बोधन गरेका थिए।

कमेन्ट लोड गर्नुस