सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम योजना आयोगको उपाध्यक्षमा साउँद

२०७७ पुष १३, ०४:०३ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रादेशको प्रादेशिक नीति तथा योजना आयोगको उपाध्यक्षमा केशरसिंह साउँदलाई मनोनित गरिएको छ। 

सोमबार बसेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीपरिषदको बैठकबाट साउँदलाई उपाध्यक्षमा मनोनित गरिएको हो।

आयोगको अध्यक्षमा मुख्यमन्त्री रहने व्यवस्था अनुसार आयोगको अध्यक्ष मुख्यमन्त्री त्रिलोचन भट्ट रहेका छन्। भने उपाध्यक्षमा साउँदलाई मनोनित गरिएको प्रदेश सरकारका प्रवक्ता प्रकाश शाहले जानकारी दिए। सदस्यमा बैतडीका मानदेव विष्ट रहेका छन्। महिला सदस्य अझै मनोनित गर्न बाँकी रहेको जनाइएको छ। मन्त्रीपरिषदको अर्को बैठकले महिला सदस्य छनोट गरिने जनाइएको छ।

कमेन्ट लोड गर्नुस