सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा पहिलोपटक दूरबिन विधिबाट एपेन्डिसाइटिसको सफल शल्यक्रिया

२०७७ पुष १३, ०१:३३ खबर संवाददाता

डडेल्धुराः डडेल्धुरा अस्पतालमा पहिलोपटक दूरबिन विधिबाट एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको छ।

जिल्ला सदरमुकाममा रहेको अस्पतालमा पहिलो पटक आइतबार राति ल्याप्रोस्कोपिक विधिबाट एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको हो।

अस्पतालका जनरल सर्जन डा. विजय श्रेष्ठ र एनेस्थेसियोलोजी तथा क्रिटिकल केयर प्रमुख डा.तीर्थराज भण्डारी नेतृत्वको चिकित्सकको टोलीले दूरबिनबाट एपेन्डेक्टोमी शल्यक्रिया गरेको हो।

एपेन्डेक्टोमी भनेको एपेन्डिक्स हटाउने मध्यम शल्यक्रिया हो। एपेन्डिसाइटिस भएपछि एपेन्डेक्टोमी शल्यक्रिया गरेर उपचार गरिन्छ।

डडेल्धुरा अस्पतालमा पहिलो पटक दूरबिनबाट एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको उनले बताए।

अस्पतालले गत असोजदेखि दूरबिन प्रविधिबाट पाठेघरको शल्यक्रिया गर्न थालेको थियो। तर, दूरबिनबाट अस्पतालमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको यो पहिलो पटक हो।

२० वर्षीया महिलाकोे एपेन्डिक्स हटाउने एपेन्डेक्टोमी शल्यक्रिया गरिएको जनरल सर्जन डा. श्रेष्ठले बताए। 

कमेन्ट लोड गर्नुस