सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा डेढ लाख बढी बराबरको अवैध बिँडी बरामद

२०७७ पुष ११, ०४:३३ खबर संवाददाता

बैतडी: बैतडीमा डेढ लाख बढी बराबरको अवैध बिँडी बरामद गरिएको छ। 

शनिबार सशस्त्र प्रहरीको गस्ती टोलीले दशरथचन्द नगरपालिका–६ गाँजरीबाट १ लाख ६५ हजार बराबरको अवैध १० पेटी बिँडी बरामद गरेको हो। 

सीमावर्ती भारतीय बजारबाट ल्याइएको बिडी बरामद गरि भन्सार कार्यालय झुलाघाट पठाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका सशस्त्र प्रहरी निरीक्षक हर्कबहादुर साउँदले बताए। 

कमेन्ट लोड गर्नुस