रुडुकद्वारा डडेल्धुरामा सरसफाई अभियान
डडेल्धुरा : डडेल्धुरामा बृहत सरसफाई अभियान थालिएको छ। ‘सफा रहौं स्वच्छ रहाैं, आफै गाउँ आफै बनाउ' भने नाराका साथ ग्रामिण महिला विकास तथा एकता केन्द्र(रुडुक)ले अभियान थालेको हो।
सोही अभियान अन्तरगत शनिबार जिल्लाको अमरगढी नगरपालिका–८ टाटरमा महिलाहरुले सरसफाई गरेका छन्।
र्यालीसहित अक्सफामको सहयोग र सहकार्यमा रुडुकद्धारा संचालित स्वच्छताका लागि व्यवहार परिर्वतन परियोजना अन्तरगत सरसफाई अभियान थालिएको रुडुककी कार्यकारी निर्देशक सरस्वती खड्काले बताइन।