सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल र मलेसिया बिच चाडै श्रम समझदारी हुने

२०७५ भदौ १४, ०१:०१

लामो समयदेखि हुन नसकेको नेपाल र मलेसियाबीचको श्रम समझदारी ९ एमओयु० अन्तिम चरणमा पुगेको छ। नेपालले फिर्ता पठाएको मस्यौदामा मलेसियाले सहमति जनाएलगत्तै दुई देशबीच समझदारीपत्रमा हस्ताक्षर हुनेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतले मलेसियाले पठाएको मस्यौदामा सामान्य संशोधन गरेर पुनः मलेसिया पठाइएकाले आउँदो साता समझदारीपत्रमा हस्ताक्षर हुने अपेक्षा गरिएको जानकारी दिएको छ। विगतमा नेपालले गरेका कैयौं प्रयासलाई बेवास्ता गर्दै आएको मलेसियाले दुई साताअघि श्रम समझदारीको मस्यौदा पठाएको थियो। उक्त मस्यौदामा समेटिएका अधिकांश बुँदामा सहमति जनाउँदै नेपालले सोही मस्यौदा मलेसिया पठाएको छ। स्रोतका अनुसार समझदारीपत्रमा मलेसियाले विभिन्न मुलुकबाट कामदार लैजाँदा अवलम्बन गर्दै आएको प्रक्रियालाई नेपालमा पनि जारी राख्ने उल्लेख छ।
 

कमेन्ट लोड गर्नुस