सुदूर नेपाललाई विश्वसँग जोड्दै

उकालो लाग्यो सुनको मूल्य

२०७७ पुष ९, ०१:३५ रासस

काठमाडौँ: स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला १०० ले उकालो लागेको छ। प्रतितोला ९०० ले बुधबार ओरालो लागेको सुनको मूल्यमा आज झिनो सुधार भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार  छापावाला सुन प्रतितोला ९४ हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। छापावाला सुन बुधबार प्रतितोला ९४ हजारमा कारोवार भएको थियो। 

यस्तै तेजाबी सुन प्रतितोला रु ९३ हजार ६०० मा कारोवार भएको छ। तेजाबी सुन बुधबार प्रतितोला ९३ हजार ५०० मा कारोवार भएको थियो।  चाँदी प्रतितोला एक हजार २८० मा कारोवार भएको छ। 

बुधबार भने प्रतितोला एक हजार २६५ मा कारोवार भएको थियो  चाँदी बुधबारका तुलनामा आज प्रतितोला १५ ले वृद्धि भएको छ।

कमेन्ट लोड गर्नुस