९५२ कोरोना सङ्क्रमित निको भए
काठमाडौँ: पछिल्लो २४ घण्टामा ९५२ कोरोना सङ्क्रमित निको भएका छन् । योसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या दुई लाख ४६ हजार ६६१ पुगेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा छ हजार ५५९ मा कोरोना परीक्षण गर्दा थप ७४३ मा कोरोना पुष्टि भएको छ।
योसँगै हालसम्म सङ्क्रमित हुनेको सङ्ख्या दुई लाख ५५ हजार ९७९ पुगेको छ। गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप पाँच जनाको मृत्युसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या एक हजार ८०३ पुगेको छ।