संसद् विघटन गरेको विरोधमा नेविसंघ डडेल्धुराले निकाल्यो राके जुलुस
२०७७ पुष ६, ०६:३७
डडेल्धुराः संघीय संसद् विघटन गरेको विरोधमा डडेल्धुरामा राके जुलुस निकालिएको छ।
नेपाल विद्यार्थी संघले जिल्ला सदरमुकामस्थित बागबजारमा जुलुस निकालेको हो।
जुलुसका क्रममा नेविसंघले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीविरुद्ध नाराबाजी गरेका थिए।
उक्त जुलुस नेविसंघका नेता शुनिल तामाङको नेतृत्वमा भएको थियो।
कमेन्ट लोड गर्नुस