सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको टेस्ट क्रिकेट इतिहासकै लज्जास्पद प्रदर्शन, ३६ रनमै अलआउट

२०७७ पुष ४, ०२:०६ खबर संवाददाता

काठमाडौं: टेस्ट क्रिकेटमा भारतले लज्जास्पद प्रदर्शन गरेको छ। 

भारतसँगको पहिलो टेष्ट क्रिकेट अष्ट्रेलियाले ८ विकेटले जितेको छ।

भारतले दिएको ९० रनको सामान्य लक्ष्य अष्ट्रेलियाले मात्र २ विकेट गुमाएर भेट्टायो। उसका लागि जोय बन्सले ५१ र म्याथु वाडेले ३३ रन बनाए।

यसअघि भारतले आफ्नो टेष्ट इतिहासकै न्यून स्कोरको खराब रेकर्ड बनायो । दोस्रो पारीमा ३६ रन मात्रै बनाउन सकेपछि भारतको न्यून स्कोरको रेकर्ड बनेको हो।

९० रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाका जो बर्नसले अर्धशतक बनाए। ओपनर म्याथ्यु वाइड ३३ रन बनाएर पवेलियन फर्किए भने मार्नुस लाबुसेनले ६ रन जोडे। बर्नस ५१ तथा स्टिभ स्मिथ एक रनमा अविजित रहे। 

टस जितेर ब्याटिङ गरेको भारतले पहिलो इनिङमा २४४ रन बनाएको थियो। पहिलो इनिङमा भारतका कप्तान कोहलीले ७४ रन बनाएका थिए। अस्ट्रेलियाले पहिलो इनिङमा १९१ रन बनाउँदा सबै विकेट गुमायाे।

 

कमेन्ट लोड गर्नुस