सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि डडेल्धुराको आलिताल बन्द

२०७७ पुष ३, ०५:०४ खबर संवाददाता

डडेल्धुरा: कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि डडेल्धुराको आलिताल गाउँपालिका १० दिनका लागि बन्द गर्ने निर्णय भएको छ।  

शुक्रबार एक सूचना जारी गर्दै गाउँपालिकाले १० दिनका लागि कार्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिएको छ। 

यही पुष १ गते सबै कर्मचारीहरुको स्वाब संकलन गरी परीक्षणका लागि डडेल्धुरा अस्पतालमा पठाइएको थियो। 

ती मध्ये केही कर्मचारीको रिपोर्ट पोजेटिभ आएको हुँदा पुष ३ गतेदेखि १२ गतेसम्म कार्यालय बन्द गर्ने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत भोजराज एडीले बताए।

कमेन्ट लोड गर्नुस