सुदूर नेपाललाई विश्वसँग जोड्दै

पशुपालन व्यवसायमा रुपान्तरण विना प्रदेश नम्वर ७ को आर्थिक समृद्धी असहज

नश्ल सुधार गर्दै उन्नत जातका पशुपालनमा केन्द्रित हुन सुझाव

२०७५ भदौ ११, ०७:०१

पशुपालन व्यवसायमा रुपान्तरण विना प्रदेश नम्वर ७ को आर्थिक समृद्धी असहज देखिएको छ । प्रदेश नम्वर ७ का ग्रामीण क्षेत्रमा पशु पालन नै मुख्य आय श्रोत भएकाले पशुपालन व्यवसायमा समय अनुसारको रुपान्तरणको खाँचो देखिएको हो । सरकारी तथ्याङक अनुसार प्रदेश नम्वर ७ मा बार्षिक रुपमा रुपमा झण्डै २६ हजार टन मासु उत्पादन हुदै आएको छ । एक व्यक्तिले औसतमा बार्षिक १३ किलो मासु खान पर्ने भएकाले प्रदेश नम्वर ७ मा अझै पनि १० हजार टन मासुको आवश्यकता देखिएको छ । तर प्रदेश नम्वर ७ बाट खसी बोकाहरु अन्य ठाउँमा पनि निर्यात हुने गरेकाले मासुमा आत्मनिर्भर हुन भने ठुलै समस्या नरहेको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका पशु चिकित्सक केशवदत्त जोशीको भनाई छ । 
कुखुराको मासुमा भने प्रदेश नम्वर ७ आत्मनिर्भर नै छ । यस्तो बेला सवै खाले मासुमा आत्मनिर्भर बन्दै बढि भन्दा बढि निर्यात गर्नका लागि पशुपालन व्यवासायमा केहि रुपान्तरण भने देखिएको उनको भनाई छ । प्रदेश नम्वर ७ का अधिकासं ग्रामीण क्षेत्रमा अहिले पनि आय आर्जनको प्रमुख श्रोतका रुपमा पशुपालन नै हो ।त्यसैले पशुपालन व्यवसायमा रुपान्तरण विना प्रदेश नम्वर ७ को आर्थिक समृद्धी असहज देखिएको छ । दुग्धजन्य पशुमा नश्ल सुधार गर्दै उन्नत जातका पशुपालनमा केन्द्रित हुन विज्ञहरुको सुझाव दिएका छन् । दुग्ध विकासका लागि पनि उन्नत जातका गाईभैंसीपालन जरुरी देखिएको छ ।

स्थानीय जातमा भर परिराख्ने हो भने आशातित उत्पादन हुनेमा भने शंका छ । उन्नत जातका गाईंभैंसी पालनका लागि किसानलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउन आवश्यक रहेको जिल्ला पशु सेवा कार्यालय कैलालीका बरिष्ठ पशु चिकित्सक डाक्टर बसन्त वहादुर सिहको भनाई छ । प्रदेश नम्वर ७ का केहि पहाडी जिल्ला बाहेक अधिकासं जिल्ला अहिले दुधमा भने आत्मनिर्भर भएका छन् । बार्षिक रुपमा १ लाख ५५ हजार टन दूध उत्पादन भईरहेकोमा अव दुधको बजारीकरणमा सरकारी स्तरबाट पहल हुन आवश्यक देखिएको छ । सरकारले गाईभैंसीपालनलाई व्यावसायिक बनाउन विभिन्न अनुदान दिएर दूधको उत्पादन बढाएको छ ।

तर, दूधको खपत बढाउने, विभिन्न परिकार बनाउने लगायत बजारीकरणमा सहयोग गरेको छैन् । गर्मी सिजनमा जेनतेन दूधको खपत गर्ने गरिएको भएपनि चिसो सिजनमा दूध फाल्नैपर्ने बाध्यता आउने गरेको छ । सरकारले प्रदेश ७ मा धुलो दूध बनाउने ‘पाउडर प्लान्ट’ जडान गरे यहाँका गृहिणी महिलाले आयआर्जन बढाउन सक्ने देखिएको जिल्ला पशु सेवा कार्यालय कैलालीका बरिष्ठ पशु चिकित्सक डाक्टर बसन्त वहादुर सिहले बताए । गृहिणी महिलाले परम्परागत रूपमा पशुपालन गर्दा धेरै मेहनत गरेर थोरै उत्पादन मिल्ने गरेको छ । दूग्धजन्य पदार्थ भारतबाट आयात गर्ने गरिएको छ । तर, सरकारले प्रदेश ७ मा भएको पर्याप्त दूध उत्पादनलाई खपत गन तर्फ ध्यान दिएको छैन । प्रादेशीक पशु निर्देशनालयका प्रमुख मदनसिह धामीका अनुसार कैलाली, कञ्चनपुर र डडेल्धुरामा दूधका लागि गाईभैंसीपालन र चुरे पहाडी क्षेत्रमा मासुका लागि बाख्रापालन बढी हुने गरेको छ । 

पछिल्लो समय कञ्चनपुर र कैलालीमा कुखुरापालन समेत फस्टाउँदै गएको छ । मासु र दूध उत्पादनका लागि विभिन्न जिल्लामा अष्ट्रेलीयाबाट बाख्रा ल्याएर नश्ल सुधारको काम समेत भइरहेको छ । 
 

कमेन्ट लोड गर्नुस