सुदूर नेपाललाई विश्वसँग जोड्दै

रेशम चौधरीसहित टीकापुर घटनामा मुछिएकाहरुले न्याय पाउनुपर्छः गगन थापा

२०७७ मंसिर ३०, १२:३० खबर संवाददाता

धनगढीः नेपाली काँग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले टीकापुर घट्नामा मुछिएकाहरुले न्याय पाउनुपर्ने माग गरेका छन्।

कैलालीमा रहेका नेता थापाले राजनीतिक आन्दोलन क्रममा राज्यद्वारा अन्यायमा परेका थारु समुदायले न्याय पाउनुपर्ने बताएका हुन् । टीकापुर घट्नालाई नतन्काएर समाधान खोज्नुपर्ने नेता थापाको भनाइ छ।

विरोध सम्बोधनको क्रममा उनले भने, ‘टीकापुर घट्नामा अन्यायमा परेको थारु साथीहरुले न्याय पाउनुपर्छ भन्ने पक्षमा नेपाली काँग्रेस छ। अहिलेको सरकारले यो बेलामा घट्नालाई नतन्काएर समाधान खोज्नुपर्ने हैन र? सरकारमा रहेको नेपाल कम्युनिष्ट पार्टीले के गरीरहेको छ ? हामी त्यो घट्नालाई बिर्सन्नौ, त्यो घट्नालाई समाधान गरेर सबै समुदायमा सद्भाव कायम गर्नुपर्छ ।’

उनले थारु समुदायलाई इंगित गर्दै भने ‘हिजो वीरभान चौधरीलाई मुख्यमन्त्री बनाउने भनेर भोट मागेको हैन् कम्युनिष्टहरुले? यो प्रदेशका थारु साथीहरुले बुझ्नु पर्छ ।’

टीकापुर घटनाको मुख्य योजनाकार भनिएका रेशमलाल चौधरीको मुद्दाको पेशी पुस २ गते तोकिएको छ । २०७२ भदौ ७ मा कैलालीको टीकापुरमा ‘थरुहट आन्दोलन’ का क्रममा एक बालकसहित ८ प्रहरीको ज्यान जाने टीकापुर घटना घटेको थियो। जिल्ला अदालत कैलालीको २०७५ फागुन २२ गते फैसलाले रेशमसहितलाई जन्मकैदको फैसला सुनाएको थियो । 

रेशमलाई थुनामा रहेको समयमा २०७५ पुस १९ गते सांसदको शपथ ग्रहण गराइएको थियो । रेशमले जिल्ला अदालतको फैसलाविरुद्ध २०७६ फागुनमा उच्च अदालतमा पुनरावेदन गरेका थिए । रेशमलाई सफाइ दिनुपर्ने माग गर्दै पुनरावेदन भएको मुद्दाको पेशी पुस २ गतेका लागि तोकिएको उच्च अदालत दिपायलले जनाएको छ।

कमेन्ट लोड गर्नुस