सुदूरपश्चिमका शहर-बजारमा फोहरमैला व्यवस्थापन भद्रगोल, प्लास्टिकको धुवाँबाट हुने हानिबारे मानिस बेखबर
धनगढीः संघीय सरकारको क्षेत्रीय सहरी विकास कार्यक्रम अन्तर्त धनगढी उप–महानगरपालिकामा निर्माण गर्ने भनिएको फोहोरमैला व्यवस्थापन केन्द्र जग्गा प्राप्ती गर्न नसक्दा कुनै पनि प्रक्रिया अगाडी बढ्न सकेको छैन्।
सोही कारण फोहोरमैला व्यवस्थापन अस्तव्यस्तरहेको धनगढी र अन्य शहरबजारमा प्लास्टिकजन्य फोहोर जभाभाबी जलाउने वा फ्याकिदिने क्रम बढेसँगै चोक तथा नदी किनार कुरूप मात्र बनेको छैन् प्लास्टिकको धुवाँले मानव स्वास्थ्यमा गम्भीर असर पुर्याछउँन सक्ने चिन्ता बढेको छ।
प्लास्टिकजन्य फोहोर बाल्दा निस्कने कार्वनडाइअक्साइ, कार्वन मोनोअक्साइड जस्ता विषाक्त ग्यासले वायु प्रदूषण गर्ने र श्वासप्रश्वासको माध्यमबाट त्यसले मानव स्वास्थ्यलाई हानि गर्ने चिकित्सकहरु बताउँछन्।
उनीहरुको भनाइमा त्यस्तो विषाक्त ग्यासले श्वासप्रश्वास सम्बन्धी रोगहरु गराउनुका साथै मानिसमा फोक्सोको क्यान्सरजस्ता प्राणघातक रोग लाग्ने जोखिम धेरै हुन्छ।
प्राणघातक रोग लाग्ने जोखिम
सेती प्रादेशिक अस्पतालका फिजिसियन डाक्टर शेरबहादुर कमरले प्लास्टिकजन्य फोहोर जलाउँदा वायु प्रदूषण बढ्न गई मानव स्वास्थ्यमा समेत गम्भीर असर पर्ने बताए।
डाक्टर कमले दिनेशखबरसँग भने, ‘‘प्लाष्टिक जलायौँ भने विषाक्त ग्यास निस्किन्छ। त्यसले वायु प्रदुषण गराउँछ,’डाक्टर कमरले भने, ‘वायु नै प्रदुषण भएपछि स्वास्थ्यमा विभिन्न खालका असर पर्छन्। फोक्सोलाई धेरै अप्ठ्यारो गर्छ।’
उनका अनुसार प्लास्टिकजन्य वस्तुबाट निस्किने धुवाँ र विषाक्त ग्यासले श्वासप्रश्वास सम्बन्धी समस्या र फोक्सोको क्यान्सर बढी गराउने गर्दछ।
‘सास फेर्दाखेरी लामो समयसम्म धुलोधुवा फोक्सोमा गइरह्यो भने दम हुनसक्छ एउटा, अर्को क्यान्सर गराउने कर्ण हुने हुनाले फोक्सोको क्यान्सर गराउन सक्ने सम्भावना बढि हुन्छ,’फिजिसियन डाक्टर कमरले भने।
अहिले चिसो मौसम सुरु भइसकेकाले धनगढी र अन्य शहर बजारमा प्लास्टिक बालेर आगो ताप्ने भन्दै घर, पसल तथा कलकारखानाबाट निस्किने प्लास्टिकजन्य फोहोर बजार क्षेत्रमा बाल्ने क्रम बढेको छ।
चिसो बढ्दै जाँदा प्लास्टिक जलाउँने क्रम झनै बढ्ने अनुमान गरिएको छ। तर त्यसले मानव स्वास्थ्य र वायुमा पारिरहेको असरबारे भने सबै पक्षले बेवास्ता गरिरहेको देखिन्छ।
फोहोरमैला व्यवस्थापन केन्द्रको पहिचान निर्माण तथा व्यवस्थापनको जिम्मा स्थानीय पालिकाहरुले पाएको भएपनि जथाभाबी बालिने फोहोरजन्य प्लास्टिको उचित व्यवस्थापनमा पालिकाले पर्याप्त ध्यान नदिएको आरोप लाग्ने गरेको छ।
उपमहानगरपालिका के हेर्दैछ
तर धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरी त्यस्तो आरोप असत्य भएको बताउँछन्। भन्छन् पालिकाले सकेसम्म राम्रो काम गर्ने प्रयत्न गरिरहेको छ।
‘कुहिने नकुहिने सबै फोहोर एकै ठाउँमा हुन्छ। व्यवस्थापन गर्न नसकेको यर्थाथ नै हो। फोहोर फाल्ने ठाउँ समेत बनाउन सकेका छैनौँ,’प्रवक्ता मुडभरीले भने, ‘प्लास्टिकजन्य फोहोर जलाउनु नै गैरकानूनी भएको बताउँदै तर हामीले देखेसम्म त्यसरी जलाउँन र फाल्न रोकिरहेका छौँ।’
फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण नहुँदा प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा झनै चुनौती थपिएको भन्ने दाबीमा समेत उप–महानगरपालिका सहमत भएको देखिदैन्। नगरबासीमा इच्छाशक्तिको कमी हुनु त्यसको प्रमुख कारण भएको जिकिर प्रवक्ता मुडभरी गर्छन्।
अहिले उपमहानगरपालिकाले स्वयम\ले समेत प्लास्टिकजन्य फोहोर संकलन गरी खाली क्षेत्रमा गाड्ने काम गरिरहेको छ। त्यसरी गाडिएका प्लास्टिककुहिन वषौँ लाग्ने हुँदा माटोको उर्वरा शक्तिमा ह्रास ल्याउने कृषि विज्ञहरुले बताउने गरेका छन्।
प्लास्टिक बाल्नु दण्डनीय अपराध
फोहोरमैला व्यवस्थापन ऐन २०५८, संशोधन २०७२ को दफा ३८ ले जनस्वास्थ्यमा गम्भीर असर पर्नेगरी सडक वा अन्य सार्वजनिक स्थानमा फोहोर फाल्ने एवंम् राख्ने कार्यलाई प्रतिबन्ध लगाएको छ। त्यसरी प्लास्टिकजन्य र अन्य हानिकारक फोहोर फाल्नेलाई स्थानीय तहले ३० हजारदेखि ५० हजार सम्म जरिवाना गर्न सक्ने व्यवस्था गरेको छ।
यसअघि संघीय सरकारले समेत २०७२ सालको असोजमा सबै स्थानीय तहलाई परिपत्र गर्दै उपयुक्त कार्यविधी बनाई प्लाष्टिकजन्य फोहोर व्यवस्थापन गर्न निर्देशन दिएको थियो। तर संघीय सरकारको उक्त निर्देशनको पालन नहुँदा जथाभाबी प्लास्टिकजन्य फोहोर फाल्ने र जलाउने क्रम बढेको छ।
त्यसरी प्लास्टिक जलाउँनु दण्डनीय अपराध भएपनि प्लास्टिक जलाएकै कसुरमा अहिलेसम्म कसैलाई दण्ड सजाय दिइएको न सुदूरपश्चिममा सुनिएको छ न त देशका अन्य स्थानमा नै।