डडेल्धुराको एक विद्यालयका २ शिक्षकलाई कोरोना संक्रमण
डडेल्धुराः डडेल्धुराको एक विद्यालयका २ जना शिक्षकलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।
जिल्लाको आलिताल गाउँपालिका–५ भित्रीसैनमा रहेको सरस्वती माध्यामिक विद्यालयका २ जना शिक्षकलाई संक्राण देखिएको हो।
शनिबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुको कोरोना रिपोर्ट पोजेटिभ आएको विद्यालयका प्रधानाध्यापक भानबहादुर सुनारले जानकारी दिएका छन्।
शिक्षकमा कोरोना संक्रमण देखिएपछि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि विद्यालय बन्द गरिएको समेत उनले बताएका छन्।
कोरोना संक्रमण देखिएका शिक्षक हाल होम आइसोलेसनमा बसिरहेका छन्।