अछामको पीसीआर प्रयोगशाला सञ्चालनका लागि १० लाख सहयोग
अछाम: अछामकोे कमलबजारमा नगरपालिकामा स्थापना भएको पीसीआर मेसिन सञ्चालनका लागि सहयोग गरिएको छ। कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालित मेसीनका लागि तुर्माखाद गाउँपालिकाले १० लाख सहयोग गरेको हो।
प्रयोगशाला सञ्चालनमा राहत पुगोस् र सहज होस भनेर १० लाख आर्थिक सहयोग गरिएको गाउँपालिका अध्यक्ष पुष्पराज शर्माले बताए।
पीसीआरका लागि यसअघि जिल्लाको ढकारी गाउँपालिकाले १० लाख आर्थिक सहयोग गरेको थियो।