सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि

२०७७ मंसिर २५, ०३:२१ खबर संवाददाता

अछाम: अछाममा थप ४८ जनामा कोरोना भाइरसको संक्रमण पुिष्ट भएको छ। 

पछिल्लो २४ घण्टामा १ सय १४ नमूना परीक्षण गर्दा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको कमलबजार प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर बिष्टले बताए। 

उनका अनुसार मंगलसेन नगरपालिकाका २५ जना, कमलबजार नगरपालिकाका ४ जना, तुर्माखाँद गाउँपालिकाका ४ जना, बान्नीगढी गाउँपालिकाका ३ जनाका, चौरपाटी गाउँपालिकाका २ जना, ढकारी गाउँपालिकाका १ र रामारोशन गाँउपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै जिल्ला बाहिर घर भई अछाममा कार्यरत अन्य ८ जनामा समेत कोरोना पुष्टि भएको सूचना अधिकारी बिष्टले बताए।

कमेन्ट लोड गर्नुस