थप १०५६ जनामा कोरोना पुष्टि, १४ संक्रमितको मृत्यु
धनगढी: नेपालमा थप १ हजार ५६ जना कोरोना संक्रमित भेटिएका छन्।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मंगलबार थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
पछिल्लो २४ घण्टामा ६ हजार २८६ जनाको पिसिआर परीक्षण भएको छ। नेपालमा हालसम्म १८ लाख ५ हजार ९७२ जनाको पिसिआर परीक्षण भएको छ।
आज १४८३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको छ।