सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय क्रिकेट टिमलाई किन गरियो जरिवाना !

२०७७ मंसिर २४, ०४:१८ खबर संवाददाता

धनगढी: भारतीय टिमले तेस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा स्लो ओभर रेट (ढिलो बलिङ गरेको) कारण जरिवाना तिर्नुपर्ने भएको छ। 

अस्ट्रेलियाविरुद्धको तेस्रो ट्वान्टी–२० खेलमा निर्धारितभन्दा ढिलो गरी बलिङ गरेबापत् भारतीय टिमलाई ‘म्याच फी’ को २० प्रतिशत जरिवाना गरिएको हो। 

भारतीय टोलीले मंगलबार सम्पन्न तेस्रो खेलमा निर्धारित समयमा २० ओभर बलिङ गरिसक्नुपर्नेमा एक ओभर कम गरेको थियो। उक्त कार्यलाई आइसिसीका म्याच रेफ्री डेविड बुनले जरिवाना गरेका हुन। 

भारतीय कप्तान विराट कोहलीले आइसिसीले दिएको सजाय स्वीकार गरेका छन्। -एजेन्सी।


 

कमेन्ट लोड गर्नुस