सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ट्रयाक्टर र मोटरसाइकल ठोकिदा घाइते भएकी युवतीको मृत्यु

२०७७ मंसिर २३, ०७:१५ खबर संवाददाता

धनगढी : धनगढीमा ट्रयाक्टर र मोटरसाईकल एकआपसमा ठोकिदा घाइते भएकी युवतीको मृत्यु भएको  छ । 

उप–महानगरपालिकाको वडा नम्बर ३ स्थित धनगढी रिङरोडमा ट्रयाक्टर र मोटरसाइकल ठोकिदा घाइते भएकी  १७ वर्षीया युवती मनिषा श्रीमालको मृत्यु भएको प्रहरीले जनाएको  छ । 

सोमबार भन्सारबाट बालुवा लोड गरेर चटकपुरतर्फ गइरहेको से १ त ९९ नम्बरको ट्रयाक्टर र विपरित दिशाबाट आइरहेको मोटरसाइकल एक आपसमा ठोक्किँदा श्रीमाल घाइते भएकी थिइन् । श्रीमालको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको  छ ।

ट्रयाक्टर र सोही ठाउँ बस्ने ३० वर्षीय चालक सन्जिव रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 

कमेन्ट लोड गर्नुस