सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सिनियर महिला क्रिकेट प्रतियोगिता सुरु

२०७७ मंसिर २२, ०८:४५ खबर संवाददाता

धनगढीः धनगढीमा सोमबारदेखि सिनियर महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

कैलाली जिल्ला क्रीकेट संघको आयोजनामा फाप्ला क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिता अन्तरगत पहिलो दिन गोदावरी र शिवपुरी बीच खेल भएको छ । 

 पहिलो खेलमा शिवपुरीलाई पराजित गर्दै गोदावरी विजयी भएको  छ । टस जितेर पहिला ब्याटिङ राजेको गोदावरीले निर्धारित २० ओभर अन्तरगत १६ ओभरमै सवै विकेट गुमाएर ५७ रनमात्रै बनाउन सक्यो । उसका लागि सरस्वती गाहामगरले १५ रन बनाइन । बलिङतर्फ शिवपुरीकी कृति भण्डारीले ३ तथा ज्योति शर्माले २ विकेट हातपारिन ।

५८ रनको सामान्य लक्ष्य पाएको शिवपुरीले १२ दशमलव ४ ओभरमा सवै विकेट गुमाएर ४२ रनमै समेटिन पुग्यो । उसका लागि कप्तान रुविले सर्वाधिक १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन । बलिङतर्फ गोदावरीकी स्नेहा महराले र गौरी बोहराले समान ४/४ विकेट हात पारिन ।
 

कमेन्ट लोड गर्नुस