सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुला ट्रक दुर्घटना: मृतक सबैको सनाखत

२०७७ मंसिर २२, ०३:११ खबर संवाददाता

दार्चुला: दार्चुलामा ट्रक दुर्घटना हुँदा मृत्यु भएका तीनै जनाको सनाखत भएको छ।

मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका ५ न्वालीका २४ वर्षीय शेरसिह कार्की, दोगडाकेदार गाउँपालिका ६ गौकुराका जेसिवी चालक २५ वर्षीय धनसिंह भण्डारी र दार्चुलाको शैल्यशिखर नगरपालिका ८ नगतडका १७ वर्षीय चन्द्रसिंह विष्ट रहेका छन्

गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको ना३ख ३४८५ नम्बरको ट्रक मालिकार्जुन गाउँपालिका १ भर्ताेला भन्ने ठाउँमा दुर्घटनामा परेको हो। 

गएराति १० बजे दुर्घटनामा परेको ट्रक सडकबाट झण्डै १२० मिटर तल खसेको थियो। दुर्घटनाको कारण खुल्न नसकेको दार्चुलाका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक पुस्करसिंह ऐरीले जानकारी दिए।

मृतकको शव परीक्षणको काम भइरहेको र परीक्षण पश्चात आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ ।

कमेन्ट लोड गर्नुस