सुदूर नेपाललाई विश्वसँग जोड्दै

मानव सेवा आश्रमलाई सहयोग

२०७७ मंसिर २२, ०२:२५ खबर संवाददाता

धनगढी: विभिन्न व्यक्तिले धनगढीमा रहेको मानव सेवा आश्रमलाई सहयोग गरेका छन्। 

तेह्रौ राष्ट्रिय निर्माण दिवसको अवसरमा निर्माण व्यवसायी संघ कैलालीले आश्रमलाई खाद्यान्न सहयोग गरेको छ। सोमबार निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष टेकबहादुर सेठीले १२ हजार बराबरको खाद्यान्न सामग्री हस्तान्तरण गरेको आश्रमले जनाएको छ। 

यस्तै सोमबार नै लायन्स क्लव अफ धनगढी सिटीका कोषाध्यक्ष केदारदत्त भट्टले मानव सेवा आश्रमलाई सहयोग गरेका छन्। उनले आफ्नी स्वर्गिय छोरीको सम्झनामा बिहानको खाजा सहयोग गरेको आश्रमले जनाएको छ। 

कमेन्ट लोड गर्नुस