सुदूर नेपाललाई विश्वसँग जोड्दै

हेल्प फर ह्याप्पीनेसकी सदस्यद्वारा मानव सेवा आश्रमलाई सहयोग

२०७७ मंसिर २२, ०२:१५ खबर संवाददाता

धनगढी: सामाजिक कार्यमा सक्रिय युवाहरुको संस्था हेल्प फर ह्याप्पीनेस टिम सुदूरपश्चिम प्रदेशकी सदस्य आरती दहालको जन्मदिनको अवसरमा हृदयको आँखा कार्यक्रम सम्पन्न भएको छ।

सडक मानवलाई साहारा दिदै आएको धनगढीको मानव सेवा आश्रममा जन्मदिन मनाउदै दहालले सहयोग गरेकी हुन्।

आश्रममै पुगेर दहालले दाल, चामल, लगायतका खाद्यान्न तथा नुन, साबुन, सर्फ, हार्पिक फिनाईल र १५ थान न्यानो टोपी आश्रममा आश्रीतहरुको सहयोगार्थ हस्तान्तरण गरिन्। सामग्री हस्तान्तरण गर्दै दहालले असहायसँग जन्मोत्सव मनाउन पाउँदा खुसी व्यक्त गरिन्।

कार्यक्रममा हेल्प फर हेप्पीनेस सुदूरपश्चिम प्रदेशका संयोजक घनश्याम भण्डारी, सह संयोजन पुजा लामा, मानव सेवा आश्रमका आदर्श ढकाल र हेप्पीनेसका सदस्य लगायतको उपस्थिती रहेको थियो। 

संस्थाले विभिन्न अवस्थामा रहेका असहायहरुलाई सहयोग गरी जन्मदिनको अवसरमा हृदयको आँखा कार्यक्रम संचालन गर्दै आएको छ।

हेल्प फर ह्याप्पीनेस सामाजिक कार्यमा क्रियाशील युवाहरुको समूह हो। समूहमा आवद्ध युवाले आपतमा परेकालाई सहयोग गर्दै आएका छन्। यसैगरी जन्मदिनको अवसरमा पनि असहायलाई सहयोग गर्दै आएका छन्।
 

कमेन्ट लोड गर्नुस