सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाले स्वास्थ्य अवस्था जटिल बनेपछि सुदूरपश्चिम सांसद पन्त अस्पताल भर्ना

२०७७ मंसिर २२, ०७:५३ खबर संवाददाता

धनगढीः स्वास्थ्यमा समस्या थपिदै गएपछि सुदूरपश्चिम प्रदेश सभा सदस्य डिल्लीराज पन्त अस्पताल भर्ना भएका छन् ।

कोभिड पुष्टि भएपछि धनगढीमै उपचार गराएका पन्तमा स्वास्थ्यमा समस्या थपिदै गएपछि उनी काठमाडौंस्थित हेम्स अस्पताल भर्ना भएका हुन् । उनी आइतबार अस्पताल भर्ना भएको बताएका छन् । 

मंसिर १२ गतेदेखि रुखाखोकी र ज्वरो आउने समस्या भएपछि उनी धनगढीमै उपचार गराएका थिए । समस्या जटिल बन्दै गएपछि उनी १७ गते कोभिड जाँच गराउँदा १८ गते उनमा कोभिड पोजिटिभ देखिएको पन्त बताउँछन् ।

उपचारको क्रममा अस्पतालले अक्सिजन दिने काम गरिरहेको र अवस्था सुधार हुँदै गएको पन्तले दिनेशखबरलाई जानकारी दिए ।

कमेन्ट लोड गर्नुस