सुदूर नेपाललाई विश्वसँग जोड्दै

बढ्यो खाने तेलको मूल्य

२०७७ मंसिर २१, ०६:४५ खबर संवाददाता

काठमाडौं: बजारमा खाने तेलको मूल्य मनपरी ढंगले वृद्धि भएको छ। एक महिनाको अवधिमा दुई प्रकारका तेलको भाउ प्रतिलिटर ४० देखि ५० रुपैयाँसम्मले वृद्धि भएको छ।

तिहारसम्म १३० देखि १४० रुपैयाँ प्रतिलिटरमा कारोबार भएको सोयाबिन तेल १७० देखि ८० रुपैयाँ पु¥याइएको छ। यस्तै १६० रुपैयाँमा कारोबार भएको सनफ्लावर तेलको भाउ दुई सय रुपैयाँ भन्दामाथि पु¥याइएको हो 

तोरीको तेलको मूल्य पनि कम्पनीअनुसार तोलामा २० रुपैयाँभन्दा बढीले बढेको खुद्रा ब्यापारीहरुले बताएका छन्।  

होलसेलबाट बढेको मूल्यमा तेल आएको भनेर खुद्रा व्यापारीलाई जानकारी गराइएको नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले बताए।

कमेन्ट लोड गर्नुस