सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल राष्ट्र बैँकका कार्यकारी निर्देशक भट्टलाई पितृ शोक

२०७७ मंसिर २१, ०३:०७

धनगढीः नेपाल राष्ट्र बैँकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई पितृ शोक परेको छ। 

राष्ट्र बैँकका प्रवक्ता समेत रहेका भट्टका बुवा लिलाधर भट्टको ८६ वर्षको उमेरमा आइतबार दिउँसो १ बजेर ५५ मिनेटमा धनगढी उप–महानगरपालिका वडा नम्बर ५ स्थित निवासमै निधन भएको हो। 

मुटु र नसा सम्बन्धि समस्या रहेका उनको स्वास्थ्यमा शनिबारदेखि समस्या देखिएको थियो। 

वि.स. १९९१ सालमा डोटीमा जन्मिएका भट्ट लामो समय सम्म शिक्षक पेशामा क्रियाशिल थिए। 

डोटीको केदारेश्वर माध्यमिक विद्यालयका संस्थापक समेत रहेका भट्टले ३० वर्ष सम्म सोही विद्यालयमा शिक्षण गरेका थिए। 

भट्टका ३ छोरा र २ छोरी छन्। जेठा छोरा गुणाकरण भट्ट नेपाल राष्ट्र बैँकका कार्यकारी निर्देशक, माहिलो छोरा टेकराज भट्ट एनआइसी एसिया बैँक सुदूरपश्चिमको प्रमुख तथा कान्छा छोरा अमेरिकामा बस्दै आएका छन्। 

एकजना छोरी शिक्षक र एकजना व्यवसाय गर्दै आएकी छन्। भट्टको आईतबार मोहना आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारीक स्रोतले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस