गोदावरी नगरपालिका वडा नम्बर १२ द्वारा विद्यार्थीलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण
२०७७ मंसिर २१, ०१:५९
धनगढी: कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १२ ले विद्यार्थीहरुलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको छ।
वडाले आफ्नो वडामा रहेका सम्पूर्ण विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि उक्त सामग्री वितरण गरेको हो।
सबै विद्यालयलाई मास्क, स्यानिटाइजर, साबुन, थर्मागन र बाल्टीहरु वितरण गरेको वडा अध्यक्ष भिम खड्काले जानकारी दिए। ती सामग्री स्वयं आफै गएर विद्यालयलाई हस्तान्तरण गरेको उनले बताए।
खड्का कांग्रेसबाट निर्वाचित वडाअध्यक्ष हुन।
कमेन्ट लोड गर्नुस