सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोटरसाईकल दुर्घटनामा पत्रकार बिमल बिष्ट गम्भीर घाईते

फोटो : पत्रकार चक्र कुवरको फेसबुक बाट
फोटो : पत्रकार चक्र कुवरको फेसबुक बाट
२०७५ भदौ ८, ०३:०३

डोटीको दिपायल सिलगढी नगरपालिका ४ दिपायलमा मोटरसाईकल दुर्घटना हुदाँ २ जना गम्भीर घाईते भएकाछन् । घाईते हुनेहरुमा दिपायल सिलगढी नगरपालिका ४ राजपुरका नन्दन महरा र सोही ठाउँ निवासी पत्रकार बिमल बिष्ट रहेका छन् । घाईते बिष्ट नेपाल समाचार पत्र र उज्यालो रेडियो नेटवर्कका डोटी जिल्ला सम्वाददाता हुन् । उनी लामो समयदेखि डोटीमा पत्रकारीता गर्दै आएका छन् ।

दिपायलबाट डडेल्धुरा जाँदै गरेको से १ ज ५२१ नम्बरको उग्रतारा यातायातको जीप र कुलपातेबाट दिपायल आउदै गरेको से ३ प २१५७ नम्बरको पत्रकार बिष्ट सवार मोटरसाईकल एक आपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो । घाईतेहरु दुबै जनालाई उपचारको लागि कोहलपुर पठाईएको ईलाका प्रहरी कार्यालय दिपायलका इन्चार्ज प्रहरी नायव निरिक्षक लोकेन्द्रबहादुर मल्लले जानकारी दिए । ठक्कर दिने जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कमेन्ट लोड गर्नुस