सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालमा उपचाररत कैलालीका कोरोना संक्रमित युवकको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७७ मंसिर २०, ०६:१३ खबर संवाददाता

धनगढीः सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको छ। 

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले भेन्टिलेटरमा उपचाररत कैलालीको गोदावरी नगरपालिका–८ का ३२ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिए। 

उनका अनुसार कडा खालको निमोनिया देखिएपछि अस्पताल भर्ना भएका ती पुरुष सुगरका बिरामी थिए। 

उनी मंसिर १६ गते अस्पतालमा भर्ना भएका थिए। 

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ।

कमेन्ट लोड गर्नुस