साथी अस्पतालको अध्यक्षमा शर्मा चयन
धनगढी: टीकापुरस्थित साथी अस्पताल प्रालीको अध्यक्षमा शंकरप्रसाद शर्मा चयन भएका छन्। शनिबार सम्पन्न भएको तेस्रो साधारणसभाले ३ वर्षका लागि शर्माको अध्यक्षतामा ७ सदस्यीय समिति चयन गरेको हो।
समितिको उपाध्यक्षमा पुष्पराज उपाध्याय, सचिवमा सुरेन्द्रकिशोर गिरी र कोषाध्यक्षमा तपेन्द्रबहादुर विष्ट चयन भएका छन् भने सदस्यहरुमा कल्पना खड्का, फिरुलाल चौधरी र पृथ्वी बम चयन भएका छन्।
साधारणसभाले अस्पतालका लागि जग्गा खरिद गर्ने, हाड जोर्नीको शल्यक्रिया गर्न आवश्यक पर्ने मेशिन र अस्पताललाई १५ बाट स्तरोत्रती गरेर २५ शैया पु¥याउने प्रस्ताव पास गरेको छ।
अस्पतालका अध्यक्ष शर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा शेयर सदस्य नवराज रावल र चक्रपाणी सापकोटा र संस्थापक टेकनारायण पौडेलले अस्पतालको भविष्य सुनिश्चित गर्न आफ्नै भवन निर्माण गर्नुपर्ने र सेवा थप गर्नुपर्ने सुझाव दिएका थिए।
३० जना शेयर सदस्य रहेको साथी अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारी गरी ३० जना भन्दा बढीले रोजगार पाएका छन्।
साधारणसभामा संस्थापक टेकनारायण पौडेल, पूर्व प्रबन्ध निर्देशक नगेन्द्र शाही र कर्मचारी लिला चौधरीलाई सम्मान गरिएका थियो।