सुदूर नेपाललाई विश्वसँग जोड्दै

सचिवमा कोरोना देखिएपछि धनगढी–३ को वडा कार्यालय बन्द

२०७७ मंसिर १९, ०९:४५ खबर संवाददाता

धनगढीः सचिवमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि धनगढी उप–महानगरपालिका वडा नम्बर ३ को कार्यालय बन्द गरिएको छ। 

मंसिर १७ गते सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सचिवलाई संक्रमण पुष्टि भएपछि वडा कार्यालय बन्द गरिएको वडाध्यक्ष बलबहादुर ऐरले बताए। 

ऐरले अन्य कर्मचारी र जनप्रतिनिधिको समेत परीक्षण गरिने बताउँदै मंसिर २८ गतेसम्म वडा कार्यालय बन्द गरिएको जानकारी दिए।  
 

कमेन्ट लोड गर्नुस