सेती अस्पतालमा उपचाररत कैलालीका कोरोना संक्रमितको मृत्यु
२०७७ मंसिर १९, ०९:३४
धनगढीः सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीका कोरोना संक्रमितको मृत्यु भएको छ।
अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत गोदावरी नगरपालिका–३ का ७६ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले दिनेशखबरलाई बताए।
मंसिर १४ गते अस्पताल भर्ना भएका ती पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो। उनी दम रोगका समेत बिरामी रहेको अस्पतालले जनाएको छ।
यो सँगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ।
कमेन्ट लोड गर्नुस