सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली–कञ्चनपुरमा सशस्त्रको उपस्थितिले पनि रोकेन चाेरी-तस्करी

धनगढीको जुगेडामा स्थापना भएको बीओपी । सो क्षेत्रमा अवैध रुपमा चोरी तस्करी हुँदैआएको छ ।
धनगढीको जुगेडामा स्थापना भएको बीओपी । सो क्षेत्रमा अवैध रुपमा चोरी तस्करी हुँदैआएको छ ।
२०७७ मंसिर १८, ०१:१० कमल सावद

धनगढीः नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीको बाक्लो उपस्थितका बीच अवैध रुपमा सामान ओसार पसार हुँदै आएको पाइएको छ । 

कैलाली कञ्चनपुर जिल्ला सँग जोडिएको सीमा क्षेत्रस्थित विभिन्न अवैध नाका हुँदै चोरी तस्कारी हुँदै आएको छ । भारत सँग  १ सय ३१ किलोमिटर सीमा क्षेत्रमा सशस्त्र प्रहरीको सक्रिय उपस्थिति भएको दावी गरिएका बेला अवैध तस्करी भने नरोकिएको हो । 
२ जिल्लाका ४ स्थानमा भन्सार कार्यालय स्थापना गरिएका छन । तर दर्जनांैको संख्यामा रहेका अवैध मार्गमार्फत तस्करहरुले सामान ओसारपसार हुँदै आएको हो ।

कैलालीको १ सय १ किलोमिटरमा १२ बीओपी स्थापना गरिएका छन् । ६ स्थानमा समेत नयाँ बीओपी स्थापनाका लागि स्वीकृती प्राप्त भएको छ । १ सय ३० किलोमिटरमा कञ्चनपुरमा समेत १० किलोमिटरको दूरीमा बीओपी स्थापना गरिएका छन् । तर सीमा क्षेत्रमा अवैध तस्करी भने अन्तर्राष्ट्रिय सीमा बन्द रहेको समयमा समेत नरोकिएको। सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण कैलालीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुँंवरले बताए । उनका अनुसार अन्तर्राष्ट्रिय सीमा नाका बन्द रहेको समयमा समेत तस्करी नरोकिएको हो । 

नेपाल सरकारले सीमा क्षेत्रको सुरक्षा तथा अवैध तस्करी रोक्न सशस्त्र प्रहरी परिचालन गरेको छ । नेपाल प्रहरीले समेत अवैध तस्करी रोक्नमा सक्रिय देखिन्छ । सीमा क्षेत्रमा २४ घण्टा नै सशस्त्र प्रहरीको उपस्थिति रहेको हुन्छ । तर रातिको समयमा अवैध नाका प्रयोग गर्दै तस्करी हुँदै आएको हो ।

भारतबाट लत्ताकपडा, खाद्य सामग्री, रासायनिक मल, हार्डवेयरका सामान तथा काठ तस्करी हुँदै आएको सशस्त्र प्रहरीको तथ्यांक छ । सशस्त्र प्रहरी वल, नेपाल नम्बर ३५ गण कञ्चनपुरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विरेन्द्र ऐरले सीमा क्षेत्रमा लत्ताकडाको तस्करी बढी हुने गरेको बताए । उनले सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिति बढे पनि अवैध सामान बरामद गर्ने क्रम बढेको बताउँछन् । 

कैलाली जिल्लामा सशस्त्र प्रहरीले साउनदेखि हालसम्म ६३ लाख ६७ हजार ४ सय ७९ को लत्ताकपडा, खाद्य सामाग्री, रासायनिक मल, हार्डवेयरका सामान, हरियो केराउ जिल्लाको सीमा क्षेत्रबाट बरामद गरेको छ । ११ लाख ५३ हजार मूल्यको काठ तथा काठ बोक्न प्रयोग भएका सवारीलाइ समेत नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको अवैध सामान भन्सार कार्यालयहरुलाई बुझाइएको कुँवरले बताए ।

ठूलो मात्रा दैनिक अवैध सामान तस्करी गर्नेहरुलाई भने उन्मुक्ति दिएको आरोप लाग्र्दै आएको छ । अवैध सामान बरामद गरेपनि ओसारपसारमा संलग्नलाई पक्राउ नगरिएकाले चोरी तस्करी मौलाएको र प्रहरीको पनि मिलेमतो हुने गरेको स्रोतको दाबी छ । 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस