अछाममा थप १६ जनामा कोरोना संक्रमण पुष्टि
अछाम: अछाममा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार कमलबजार नगरपालिकाकोे प्रयोगशालामा ३४ जनाको स्वाब परीक्षण गरिएकोमा १६ जनामा कोरोना पुष्टि भएको हो।
बाजुराको बुढीगंगा नगरपालिकाका ५ जना, अछामको साँफेबगर नगरपालिकाका ४ जना, मंगलसैन नगरपालिकाका ३ जना, यस्तै कमलबजार, चौरपाटी, दुल्लु, बान्निगढी जयगढका १/१ जनामा कोरोना पुष्टि भएको प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर बिष्टले बताए।