प्रतितोला ७ सयले घट्यो सुनको मूल्य
काठमाडौँ : स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः ओरालो लागेको छ ।
आज सुनको मूल्य प्रतितोला रु ७०० ले ओरालो लागेको छ । यही मङ्सिर १ गतेदेखि लगातार ओरालो लागेको सुन आजसम्म आइपुग्दा पाँच हजार १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
छापावाला सुन आज प्रतितोला ९० हजार रुपैयाँमा कारोवार भएको छ । आइतबार छापावाला सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन आज प्रतितोला ८९ हजार ५५० रुपैयाँमा कारोवार भएको छ । आइतबार प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोवार भएको थियो ।
आइतबारको तुलनामा तेजाबी सुन प्रतितोला ६५० रुपैयाँले घटेको हो । यस्तै चाँदीसमेत आज प्रतितोला ३० रुपैयाँले घटेको छ ।
आइतबार प्रतितोला एक हजार १५० रुपैयाँमा कारोवार भएको चाँदी आज प्रतितोला एक हजार १२० रुपैयाँमा खरीदबिक्री भएको छ ।