धनगढीमा भाटभटेनी सुपरस्टोर, १ अर्ब रुपैयाँको लगानी!
धनगढी: कैलालीको धनगढीमा भाटभटेनीको २३ औं शाखा शिलान्यास भएको छ ।
धनगढी उपमहानगरपालिका ३ बोराडाँडीमा आउँदो २०७८ फागुनमा सञ्चालनमा ल्याउने उदेश्यका साथ सोमबार भाटभटेनीको शाखा शिलान्यास गरिएको हो ।
भाटभटेनीका सञ्चालक मीन बहादुर गुरुङका अनुसार १५ कठ्ठा जमिनमा १ अर्बको लागतमा विशाल भवन निर्माण हुने भएको छ । जसमा २ वटा मल्टीप्लेक्स सिनेमा हल, केएफसीलगायतका क्याफेसहितका संरचना बन्ने भएका छन् ।
भाटभटेनीबाट यहाँको कृषि, उद्योगमा टेवा पुुग्ने विश्वास लिइएको छ । कम्तीमा साढे २ सय जनालाई रोजगारी प्रदान गर्न सकिने सञ्चालक गुरुङको दाबी छ ।