सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पताललाई भेन्टिलेटर र स्वास्थ्य सुरक्षा सामग्री प्रदान

२०७७ मंसिर १५, ०१:४९ खबर संवाददाता

धनगढी: सेती प्रादेशिक अस्पताललाई भेन्टिलेटर र सुरक्षा सामग्री प्रदान गरिएको छ।

कोकाकोला र नेपाल रेडक्रस सोसाइटीको साझेदारीमा कोरोनाको महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, बिरामी र स्वयंसेवकहरुको सुरक्षा अभिवृद्धिका लागि सुरक्षा सामग्री तथा उपकरण हस्तान्तरण गरिएको हो।

सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले अस्पतालका मेडिकल सुपरिटेडेन्ट डा. हेमराज पाण्डेलाई सामग्री हस्तान्तरण गरेका छन्।  

उनले १६ लाख ३२ हजार ८  सय ५० को आइसीयूमा प्रयोग हुने एक भेन्टिलेटर, ६ हजार सर्जिकल मास्क, २५ सय जोडी सर्जिकल पन्जा, ५० थान सुरक्षा पोसाक, केएन ९५ मास्क २ सय थान र  २५ थान सुरक्षा चस्मा हस्तान्तरण गरेका हुन। 

जम्मा १८ लाख ५१ हजार १ सय मुल्यको सामग्री हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटीका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस