धनगढीमा मोटरसाइकल आपसमा ठोकिदा २ जना घाइते
धनगढीः धनगढीस्थित मोहनापुल–अत्तरिया ६ लेन सडकमा बिपरित दिशातर्फ जादै गरेका २ वटा मोटरसाइकल एक आपसमा ठोकिदा २ जना घाइते भएका छन ।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ का ३२ वर्षीय अशोक बम र पुनर्वास नगरपालिका वडा नम्बर ११ का २६ वर्षीय विनोद मगराती मोटरसाइकल आपसमा ठोकिदा घाइते भएका हुन ।
धनगढी उप–महानगरपालिका वडा नम्बर ३ नबिल बैँक अगाडि से १ प ८९९५ नम्बरको मोटरसाइकल र सु.प.प्र ०१००८ प ९५७४ नम्बरको मोटरसाइकल आपसमा ठोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । टाउको र मुखमा चोट लागेका बमको माया मेट्रो अस्पतालमा उपचार हुँदै छ ।
मगराती सामान्य घाइते भएका ट्राफिक प्रहरीले जानकारी दिएको छ ।