सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको मानव सेवा आश्रमद्वारा अत्तरियामा अलपत्र परेका एक जनाको उद्धार

२०७७ मंसिर १४, ०१:२२ खबर संवाददाता

धनगढी: धनगढीको मानव सेवा आश्रमले अत्तरियामा अलपत्र परेका एक जनाको उद्धार गरेको छ। कैलालीको गोदावरी नगरपालिका–२ बसपार्कमा भेटिएका एक बेसाहरालाई उद्धार गरी आश्रममा ल्याइएको हो।  

आफ्नो नाम मानबहादुर धामी बताउने ती ४५ वर्षीय पुरुष शारिरिक रुपमा अशक्त बनेपछि अलपत्र अवस्थामा रहेका थिए। स्थानीय जनप्रतिनिधी तथा अभियानकर्ताको सहयोगमा शनिबार धामीलाई आश्रममा ल्याइएको बताइएको छ। 

सुदूरपश्चिमलाई अबको ८ महिनाभित्र सडकमानव मुक्त प्रदेश निर्माण गरी घोषणा गर्ने लक्ष्य राखिएको मानव सेवा आश्रमले जनाएको छ। 

आश्रमले सडकमा अलपत्र परेका, मनोरोगी तथा बेसहराहरुलाई आश्रय दिदै आएको छ।

कमेन्ट लोड गर्नुस