गोदावरीको चाँप र खोलीचाँप गाउँमा आमा समूहद्वारा मदिरा र जुवातास निषेध
धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १२ मा रहेको चाँप र खोलीचाँप गाउँमा आमा समूहले मदिरा र जुवातास निषेध गर्ने निर्णय गरेको छ।
स्थानीय युवा तिलक खड्का र दिलबहादुर बुढाथोकीको अगुवाइमा बसेको बैठकले ग्वासी आमा समूहको बैठकले मदिरा र जुवातासले सामाजिक विकृती बढेको भन्दै निषेध गर्ने निर्णय गरेको हो।
आमा समूहको निर्णयअनुसार गाउँ भित्र मंसिर १५ देखि मदिरा बेचबिखन र सेवन तथा जुवातास खेल्न पाइने छैन्।
मदिरा सेवन र जुवातास खेलको पाइएमा पहिलो पटक २ हजार रुपैयाँ जरिवाना र फेरि पनि सोही क्रियाकलापमा संलग्न भएको पाइएमा कानून बमोजिम कारवाही गर्न पहल गर्ने निर्णय गरिएको स्थानीय युवा दिलबहादुर बुढाथोकीले बताए।