धनगढीको सारथी अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु
धनगढीः धनगढीको सारथी अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी गोदावरी नगरपालिका–५९ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ।
उनको शनिबार बिहान मृत्यु भएको हो। कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएका कारण परीक्षण गराउँदा मृत्युपछि संक्रमण पुष्टि भएको हो।
यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ।