सुनको मूल्यमा २०० रुपैयाँ ह्रास
काठमाडौँ : स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले ओरालो लागेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला २०० ले घटेर ९१ हजार ३०० रुपैयाँमा कारोवार भएको छ । बिहीबार छापावाला सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोवार भएको थियो ।
तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोवार भएको छ । बिहीबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोवार भएको थियो । चाँदी आज प्रतितोला एक हजार १६५ रुपैयाँमा कारोवार भएको छ ।
बिहीबारका तुलनामा चाँदी प्रतितोला १० रुपैयाँले ओरालो लागेको हो । बिहीबार चाँदी प्रतितोला एक हजार १७५ रुपैयाँमा कारोवार भएको थियो ।