सुदूर नेपाललाई विश्वसँग जोड्दै

महासङ्घको निर्वाचन गर्न बाटो खुला

। फोटो स्रोत ।
२०७७ मंसिर १२, ०६:३२ रासस

काठमाडौँ : सर्वाेच्च अदालतले नेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचन गर्न बाटो खुला गरेको छ । 

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले निर्वाचन रोक्न माग गर्दै दायर रिट निवेदनमाथिको सुनुवाइपछि अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासङ्घको प्रदेश नम्बर २ का अध्यक्ष शिवशङ्कर शाहले महासङ्घको निर्वाचन अवैधानिक भएकाले निर्वाचन रोक्न माग गर्दै रिट निवेदन दायर गरेका थिए । 

गत चैतमा हुने अधिवेशन कोभिडका कारण सरकारले ११ गतेदेखि गरेको बन्दाबन्दीका कारण स्थगित भएको थियो ।

कमेन्ट लोड गर्नुस