बैतडीमा भीरबाट लडेर युवकको मृत्यु
२०७७ मंसिर ११, ०६:२२
बैतडी: बैतडीमा भीरबाट लडेर एक जनाको युवकको मृत्यु भएको छ।
जिल्लाको दोगडाकेदार गाउँपालिका–५ न्वालीका अन्दाजी ४५ वर्षीय पदम भुलको भीरबाट लडेर मृत्यु भएको हो।
उनी बुधबार राति भीरबाट लडेको भएपनि शव बिहीबार बिहान फेला परेको स्थानीय दौलत राम लुहारले बताए।
कमेन्ट लोड गर्नुस