थप १९४८ जनामा कोरोना संक्रमण, २८ संक्रमितको मृत्यु
धनगढी : नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९ सय ४८ जना कोरोना संक्रमित थपिएका छन्।
यो सहित कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आज देशभर ३ हजार १ सय ४० जना संक्रमणमुक्त भएका छन्। यो सँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७ हजार ९९८ पुगेको छ।
आज देशभर १६ हजार ६ सय ३९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
आज देशभर २८ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ३ सय ८९ जना संक्रमितको मृत्यु भइसकेको छ।
पछिल्लो २४ घन्टामा ९ हजार २१० जनाको पिसिआर परीक्षण भएको छ।