सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा जीपको ठक्करबाट एक जना घाइते

फाईल फोटो
फाईल फोटो
२०७७ मंसिर ९, ०७:२८ खबर संवाददाता

डोटी: डोटीमा जीपको ठक्करबाट एक जना पैदलयात्री घाइते भएको छन् ।

जिल्लाको दिपायल शिलगढी नगरपालिका वडा नम्बर २ इयरपोट खानिखोला नजिक दिपायल कच्ची सडक खण्डमा लु १ च ४६०० नम्बरको जीपले ठक्कर दिँदा आर्दश गाउँपालिका १ बस्न ४५ वर्षीय खडकबहादुर पार्कि घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । 

मौता बाट दिपायल तर्फ गइरहेको सो जीपले ठक्कर दिँदा पार्किको टाउको  र नाकमा चोट लागेको जनाइएको छ । उनको शैलेश्वरी अस्पताल उपचार भइरहेको छ भने जिप र चालक इलाका प्रहरी कार्यालय दिपायलको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
 

कमेन्ट लोड गर्नुस