सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको दोगडाकेदारका विद्यालय खुले

२०७७ मंसिर ८, ०२:४० खबर संवाददाता

बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिकाका विद्यालय सोमबारदेखि सञ्चालनमा आएका छन् । कोरोना कहरले लामो समयदेखि बन्द रहेका विद्यालयमा पठनपाठन कार्य सुचारु भएको हो । 

गाउँपालिकाको गाउँ शिक्षा समिति र माध्यमिक तहका विद्यालयका प्रधानाध्यापकहरुको बैठकले गरेको निर्णयअनुसार विद्यालय सञ्चालनमा आएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुरेश प्रसाद भट्टले बताए ।

दोगडाकेदार गाउँपालिकामा ५९ सामुदायिक र ३ संस्थागत विद्यालय रहेका छन् । 

कमेन्ट लोड गर्नुस