थप १६६९ जनामा कोरोना संक्रमण, १६ संक्रमितको मृत्यु
धनगढी : नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६ सय ६९ जना कोरोना संक्रमित थपिएका छन् ।
यो सहित कुल संक्रमितको संख्या २ लाख २० हजार ३ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर ५ हजार ६ सय ९९ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ ।
आज देशभर १९ हजार ९ सय ६३ जना सक्रिय संक्रमित छन् । आज देशभर १६ जना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म १ हजार ३ सय २१ जना संक्रमितको मृत्यु भइसकेको छ ।